नायिका नम्रता सापकोटाले कलाकारले सामाजिक संजालमा जे गर्दा पनि सुख नहुने बताएकी छिन् । सामाजिक संजालको सकारात्मक र नकारात्मक प्रभावको बिषयमा फेसबुक लाइभ मार्फत आफ्नो विचार राख्ने क्रममा नम्रताले कलाकारले जे गर्दा पनि नकारात्मक रुपमा नै हेरिएको गुनासो गरेकी छिन् ।
नम्रताले भनिन्–‘हिन्दी गीतमा नाच्यो भने नेपाली कलाकार भएर नेपाली गीतमा किन ननाचेको भन्ने प्रतिक्रिया आउँछ । नेपाली गीतमा नाच्यो भने कलाकारको काम छैन, गीतमा नाच्यो बस्यो भनेर प्रतिक्रिया आउँछ । उनले, मानिसहरु किन एक आपसमा जोडिन नसकेको भन्दै प्रश्न पनि गरेकी छिन् । नमताले जसलाई जे गर्न मन लागेको छ त्यसरी नै बस्न अपिल पनि गरेकी छिन् ।
अरुले के भन्छ भनेर नहेर्न पनि उनले आग्रह गरेकी छिन् । नरामो भन्ने मानिसको कुरालाई एक कानले सुनेर अर्को कानले उडाइदिन पनि उनको अनुरोध छ । नमताले ‘म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर’ समेत भनेकी छिन् ।