काठमाडौँ, ९ वैशाख । तारकेश्र्वर नगरपालिका ८ मा मोबाइल पसलबाट करिब १ लाख ५ हजार रुपैयाँ बराबरको मोबाइल चोरी भएको छ ।
पुरानो गुहेश्र्वरी बस्ने चितवन घर भएका बलराम धमलाको मोबाइल पसलबाट मंगलबार विहान चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।