मनोज बनैता, सिरहा, ९ बैशाख । लकडाउनमा काठमाडौ लगायतका ठाउँबाट आफ्नो गन्तव्यसम्म हिडदै गईरहेका पैदल यात्रीलाई सेवा दिन पुर्व-पश्चिम लोकमार्गमा पर्ने विभिन्न चौकमा खाजाको ब्यवस्था गरिएको छ । विश्वमहामारी कोभिड १९ बाट प्रभावित पैदल यात्रीका लगाी सिरहाको चोहर्बामा पनि निशुल्क खाजाको ब्यबस्था गरेको छ ।
राष्ट्रिय जनता पार्टीको विद्यार्थी संघले गन्तब्यमा पुग्ने पैदल यात्रीलाई सोमबार बिहान देखी दिनभरी निशुल्क पानी र खाजाको ब्यबस्था गरेको हो । काठमाण्डौ लगायत देशका बिभिन्न स्थानबाट आफनो गन्तब्यमा पुग्ने यात्रीहरुलाई आर्थिक समस्या परेको हुदाँ सामाजसेवाको हिसाबले खाजाको ब्यबस्था गरेको विद्यार्थी संघका केन्द्रिय अध्यक्ष चिरंजीवी यादवले बताए ।सामाजिक दुरी कायम गरी पैदलयात्रीहरुलाई बिश्राम गर्ने सुबिधा पनी दिएको उनले बताए । उनले विद्यार्थी संघको तर्फबाट यो अभियान निरन्तर जारी रहने बताए ।
लकडाउनमा परि आफ्नो गन्त्बय सम्म पुर्याउनका लागि सरकारले अबिलम्ब सवारि साधनको ब्यबस्था मिलाउन समेत जोडदार माँग गरेका छ्न ।