रामेछाप ९ बैशाख।जिल्ला अस्पताल रामेछापमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आईसुलेशनमा राखेर उपचार गराईरहेका मन्थली नगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको छ ।
उनको स्वाब परीक्षणको लागी शनिबार धुलिखेल अस्पताल पठाइएको थियो । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका कोरोना रोग सम्पर्क व्यक्ति डाक्टर आनन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । उनको रिपोर्ट नेगेटिभ आए लगतै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।