रामेछाप ७ बैशाख।विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रणकाल लागि सरकारले लकडाउन गरेको अाज २७ दिन पुगेको छ । अहिले नेपालमा संक्रमित सङ्ख्या ३१ र निको भएको सङ्ख्या २ पुगेको छ । नेपालमा लकडाउन लम्बिदै गर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुको उद्दार गर्ने भएको छ । लकडाउनको समयमा गाउँपालिका भन्दा बाहिर रहेका, घर आउन चाहेर बाटामा तथा उद्योग कलाकारखानामा अलपत्र परेका आफ्नो गाउँपालिकाका नागरिकहरुलाई लिखु तामाकोसी गाउँपालिकाले उद्धार गर्ने भएको हो । पछिल्लो समय थप गरिएको लकडानका कारण जिल्ला बाहिरवाट रामेछाप भित्रीने नागरिकहरुको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा नागरिकहरुले खान नपाएको, बाटोमा अलपत्र परेको समाचारहरु सञ्चार माध्यममा प्रकाशन प्रसारण हुन थालेका छन् । नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै जादा लकडाउनलाई सरकारले कडाई गरेको छ । लकडाउनको कडाईका हुदै जादा नागरिकहरु खाना नपाएर बाटाबाटामा नै अलपत्र भएको समाचारहरु सार्वजनिक भैरहेका छन् । लिखु तामाकोसी गाउँपालिकाले भने त्यस्ता नागरिकहरुलाई पालिकाले उद्दार गर्ने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले काठमाण्डौँ लगायत देशका विभिन्न ठाउँमा अलपत्रमा परेका पालिका भित्रका नागरीकहरुलाई ९८४३५६६६६६ र ९८५१०३५७८० नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।