गौशाला १ बैशाख। महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.२ निगाैल टाेलामा साेमवार विहान आगाे सलकेर दुई वटा घर जलेर नष्ट भएकाे स्थानिय राम प्रताप भग्तले जानकारि दिएकाे छ ।
खाना पकाएर छाेडेकाे आगाे बिस्तारै बिस्तारै सलकेकाेले सत्यनाराण पासमान र राम वीर महताेकाे घर जलेकाे छ र घरमा रहेकाे कपडा लता तथा अनाज सहित करीव दुई लाखकाे क्षति भएकाे अनुमान गरिएकाे घर धनिहरुले जनाएका छन ।
अहिले काेराेना भाइरसकाे कारण लक डाउन भएकाेले स्थानियहरु घरमा रहेकाेले उहाँहरुकाे सहयाेगमा अागाेलाई नियन्त्रण लिएकाे उनिहरुले जनाएका छन ।दुवै जना अति विपन्न परिवार रहेकाेले अब उनी छाक टार्न समस्या भएकाे छ ।