रामेछाप २९ चैत।रामेछाप जिल्लाबाट मोटरसाईकल चोरी गरि काभ्रे आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी विक्रम कुमार थापाका अनुसार शुक्रबार रोशीमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका वडा नं ३ बस्ने पदम बहादुरको छोरा वर्ष १८ को बुद्ध तामाङ, सिंह बहादुरको छोरा वर्ष १५ को लाल बहादुर तामाङ र मान बहादुरको छोरा वर्ष १५ को सन्त बहादुर तामाङ रहेका छन् । डिएसपी थापाका अनुसार शुक्रबार राती २ वजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं। ०९ मंगलटार स्थित बि।पि। राजमार्गमा तीनै जनालाई पक्राउ गरेको थियो । उनीहरु सिन्धुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको बा।६५।प। ८१२४ नं। को २२० सीसीको पल्सर मोटरसाईकलमा आईरहेको अवस्थामा रोकी आवश्यक कागजातहरु माग गर्दा दिन नसकेपछि अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकालागि सोधपुछ गर्दा विहिबार २७ गते बेलुकी रामेछाप जिल्ला मन्थली स्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ चलाई लिई आएको उनीहरुले स्वीकारेका थिए ।उनीहरुलाई मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।