कञ्चनपुर २९ चैत्र।लामो समय देखिको लगातारको लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाए पछि खाद्य संकटको मार खेप्दै आएका कञ्चनपुरको पुनर्वास स्थित ६५ बिगाहा शिविरमा बसेका भुमिहीनहरुलाई मनकारी युवा प्रतीक बिष्ट “अमर” ले शनिवार खाद्यान्न बितरण गरेका छन।
बिपत र समस्या झेल्दै आएकाहरुको उद्धार र साहायता गर्दै आएका काठमण्डौ बस्ने जुम्लाका मनकारी युवा प्रतीक बिष्टले लकडाउनका कारण खाद्य संकटमा परेका कञ्चनपुरको पुनर्वासमा बस्दै आएका आरक्ष पिडितहरुको शिविरमा शनिबार खाद्यान्न बितरण गरेका हुन।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि अधिकांश दैनिक ज्यालादारी गरिखाने मजदुरहरुको जिविकोपार्जन सहज गर्न स्थानिय पालिकाले राहत कोषको स्थापना गरी तथ्यङक सङकलनको आधारमा राहत बाढ्ने काम भई रहेको छ । यही राष्ट्रिय बिपतिको समयमा आफुने पनि केही बिपन्न समुदायलाई राहत स्वरुप सहायोग गर्दा अझ केही दिन गरिव ज्याला मजदुरी गरि खानेहरुको केही समय चुलो जलाउन सकिन्छ की भनी आफुले भ्याए सम्मको सहायोग गर्दै हिडेको बताउनुभयो ।
बिष्टले बिगस य्थ मार्फत कञ्चनपुरको दक्षिणी क्षेत्र पैसठृी बिगाह क्षेज्ञमा बस्दै आएका २८ घर धुरीलाई प्रती घरधुरी चामल १ कटृा,तेल १ लिटर, दाल १ किलो , नुन २ किलो , आलु २ किलो प्याज १ किलो र साबुन २ गोटाका दरले राहत सामाग्री उपलब्ध गराएका हुन ।
बिष्टले उपलबध गराइदिएको राहत सामाग्री बिजय गालिल एजि मन्डली र विगस युथले भुमिहिनहरुको घरदैलोमा पुगेर बाडेको थियो ।
मानव ओसारपसार गिरोहको चंगुलमा फसेर भारतमा बेचिन पुगेका बालबालिका र असाहयहरुको उद्धार र साहायता गर्दै आएका युवा बिष्टले अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका कारण बिहान बेलुकाको छक टार्न समस्यामा परेका समुदायलाई खाद्यान्न साहायता जुटाउदै आएका छन् । उनले जुम्ला , बाँके , कालिकोट , कञ्चनपुर लगायतका बिपन्न बस्तीमा साहायता जुटाउदै हिडेका छन् ।
यतिबेला कोरोना भाइरस नियन्त्रणका लागि अग्र मोर्चामा रहेर देश र जनताको स्वास्थ्य जोगाउन आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर अहोरात्र खटिएर हिडिरहेका सुरक्षाकर्मी र जोखिम मोल्दै रिपोर्टिङमा खटिरहेका संचारकर्मी हरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने तयारी गरेको मनकारी युवा बिष्टले जनाए ।