पुनर्वास, कञ्चनपुर २९ चैत।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले स्थापना गरिएको विपद् प्रकोप व्यवस्थान कोषमा व्यक्ति तथा संस्थाहरुको नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि अधिकांश दैनिक ज्यालादारी गरिखाने मजदुरहरुको जिविकोपार्जन सहज गर्न नगरपालिकाले सो राहत कोषको स्थापना गरेको नगरले जनाएको छ ।
कञ्चन डेभलभ्मेन्ट बैक शाखा पुनर्वासले पैत्तिस हजारको चेक मार्फत नगद रकम प्रदान गरेको छ । बैंकका पुनर्वास शाखा प्रमुख रबि चन्दले नगरप्रमुख जीवन राज थापा लाई उक्त चेक हस्तान्तरण गरेका हुन।
पुनर्वास नगरपालिकाको विपद् प्रकोप व्यवस्थान कोषमा विभिन्न संघ (संस्था तथा ब्यवासयी लगायत मनकारी ब्यक्तिहरुले नगद तथा जिन्सी सहयोग प्रदान गर्ने कार्यले तीव्रता लिई रहेको छ । यसरीनै आजनै पुनर्वास उद्योग बाणिज्य संघका तर्फबाट नगद रु. ४५ हजार र जनजागृती सामुदायिक बन उपभोक्त समितीका तर्फबाट ५० हजार प्रभु बैंकमा संचालित व्यवस्थापन कोषको खाता जम्मा गरी उक्त रसिद संयुक्त रूपमा नगर प्रमुख जीवन राज थापालाई संघका अध्यक्ष कृष्ण बहादुर तामाङले हस्तान्तरण गर्नुभएको छ ।
्
यस अघि पनि बिपद ब्यवस्थापन कोषमा प्रभु बैंक लिमिटेडले ५० हजार बराबरको खाद्यान्न समाग्री , पुनर्वास ईसाई समाजका कोषाध्यक्ष कर्णजीत तामाङ्ग मार्फत ५४ हजार ३०५ रुपैया ,सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रीन्सिपल संजय थापाबाट २५हजार सहयोग प्राप्त भएको छ । त्यसैगरी व्यवसायी दाउत तामाङबाट पच्चीस हजार बराबरको चामल द्द० बोरी , पुनर्वास – ५, निवासी पुनर्वास नगर खेलकुद विकास समितिका संयोजक खडक विक्रम थापाले रु२५हजार र पुनर्वास नगर प्रवक्ता भारमल सुनारले नगद रु ११ हजार सहयोग स्वरूपको रकम बिपद व्यवस्थापन कोषको खातामा जम्मा भइृसकेको बिपद ब्यवस्थापन कोषका फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिनुभयो ।
रहत कोषमा प्राप्त हुन आएको सहयोग रकम बुझ्नुहुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले सहयोग दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सहकार्य भएमा पुनर्वास नगरपालिकामा कोही पनि भोको बस्न नपर्ने बताउनु भयो ।