यौनको सम्बन्ध संभोगसँग मात्र छैन । यो एक प्राकृतिक प्रक्रिया हो । खासगरी यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।
रोचक कुरा
यौन सम्कर्पका क्रममा महिलाहरु जब पार्टनरप्रति प्रेम दर्शाउछन्, उनीहरु अधिक सुन्दर देखिन्छन् । यो भावनात्मक कुरा मात्र होइन । यसको बैज्ञानिक कारण पनि छ । जब यौन सम्पर्कको बेला महिलामा एस्ट्रोजनको स्तर दुई गुणा बढ्छ, त्यसैले उनीहरुको अनुहारको छाला नरम हुन्छ । केस चम्किलो हुन्छ । त्यसबेला उनीहरुको रक्त प्रवाह समेत बढ्छ, जसले महिलाहरु आकर्षक देखिन्छन् ।
बाधक कुरा
विभिन्न कुराले दम्पतीबीचको यौन जीवनमा अवरोध पैदा गर्छ । जस्तो कि, मोटोपन, मदिरा, तनाव, यौनरोग आदि ।
तनावको सोझो असर दम्पतीको यौन जीवनमा पर्छ । तनावग्रस्त अवस्थामा श्रीमान वा श्रीमती यौन सम्बन्धका लागि तयार हुन सक्दैनन् । भनिन्छ, जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन–रुचीमा कमी ल्याउँछ ।
नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।
सावधानीको कुरा
यौन सम्बन्धका लागि सधै मुड हुँदैन । कतिपय अवस्थामा यौन सम्बन्धका लागि प्रतिकुल पनि हुन्छ । कस्तो अवस्थामा यौन सम्बन्ध उचित हुँदैन त ?
यौन सम्पर्कका लागि दुबै पार्टनर मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । यदि पार्टनरले इच्छा देखाएको छैन भने जबरजस्ती सम्पर्क राख्नु राम्रो होइन ।
विशेषज्ञका अनुसार गर्भवती भएको छैटौं हप्ताबाट बाह्रौ हप्तासम्म यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । किनभने यसबेला यौन सम्पर्क राख्नाले गर्भपतनको संभावना हुन्छ । यसका साथै गर्भवती भएको अन्तिम दुई महिना पनि यौन सम्पर्क राख्नु हुँदैन ।दैनिक नेपाल