• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेकपाको निर्णायक बन्दै माधव नेपाल

नेपाल पोस्ट दैनिक
    March 18, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं ५ चैत ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणसँगै एकता महाधिवेशनसम्म सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने विधान बने पनि मूल नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल) त्यसरी पार्टी सञ्चालनको नेतृत्व गर्ने काममा चुक्दै गएको छ ।

एकताका क्रममा लाखौं नेता–कार्यकर्ताबाट निर्णयका लागि प्राप्त विश्वासको त्यो प्राधिकारलाई दुवै अध्यक्षले दुरुपयोग गर्दै एकतापछि आन्तरिक लोकतन्त्रको अभ्यासलाई कमजोर बनाउने लगातार कोसिस गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका निर्णायक हुँदै गएको छ ।

वैचारिक र राजनीतिक पक्षमा दृढ तर व्यवहारमा लचक, समन्वयकारी र सन्तुलित व्यक्तित्व मात्र होइन, २०६२-६३ को दोस्रो जनक्रान्ति र शान्ति प्रक्रियाका ‘कमान्डर’ वरिष्ठ नेता नेपालको भूमिका पार्टी एकतापछि मियोका रूपमा माग भएको हो ।

पार्टी एकतालाई व्यावहारिक बनाउन माथिदेखि तलैसम्म भावनात्मक एकताको आवश्यकता खट्किएका बेला पार्टी र सरकार सञ्चालनका सन्दर्भमा अध्यक्ष ओली र प्रचण्डबीच बढ्दो दूरीका कारण कम्युनिस्ट नेतृत्वकै सरकार असफल बन्ने गम्भीर खतरा देखिएपछि सयौं नेता–कार्यकर्ताले स्वतःस्फूर्त रूपमा संकटमोचनका लागि अग्रशर हुन नेता नेपाललाई आग्रह गरिरहेका छन् । करिब एक महिनादेखि स्वतःस्र्फूत रूपमा सुरु भएको यो आह्वानले केन्द्र हुँदै देशव्यापी रूपमा व्यापक आकार लिँदै गएको छ ।

पार्टीलाई विधि र प्रक्रियाका आधारमा सञ्चालन गर्नुपर्ने पक्षमा दृढतापूर्वक उभिँदै आएका नेपालको अडान पटकपटक पुनर्पुष्टि भए पनि मूल नेतृत्वले आपसी भागबन्डाका नाममा लामो त्याग र बलिदान गरेका कैयौं नेता–कार्यकर्तामाथि अन्याय थोपर्दै आएका थिए । कसैलाई दोहोरो÷तेहरो जिम्मेवारी दिएर सयौं नेतालाई चुनावी टिकटको बाँडफाँटदेखि पार्टी जिम्मेवारीमा समेत होचोहेलोको व्यवहार गरिएपछि नेता नेपाल तीनपटकसम्म सचिवालय बैठकमा नोट अफ डिसेन्ट (असहमतिपत्र) दर्ज गर्न बाध्य भएका थिए ।

जबकि, पार्टीलाई असहमतिसहित सञ्चालन गर्ने विधानले परिकल्पना समेत नगरे पनि नेपाललाई ‘माइनस’ गर्ने एजेन्डामा ओली र प्रचण्डले लय मिलाउँदै गएका थिए । दुई अध्यक्ष विधान र सामूहिक नेतृत्व प्रणालीभन्दा माथि रहेको दम्भले उचाइ लिँदै जाँदा उनीहरूबीचकै सम्बन्धमा खटपट देखिएपछि अहिले सरकार र पार्टी सञ्चालन दुवैतिर संकट देखिएको छ । नयाँ पेजबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑