नेदरल्याण्ड १९ माघ । नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ इच्छामृत्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् ।
ती दुईले एक रिपोर्टको हवाला दिँदै ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिए । गम्भीर रुपमा बिरामी भएर मर्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ ।
उनले थपिन्, ‘छिमेकी देश बेल्जियममा तीन डाक्टरले मानसिक रुपले विक्षिप्त व्यक्तिका लागि गैर कानूनी तरिकाले इच्छा मृत्यु दिएका थिए ।’
सन् २०१० मा दुई डाक्टरले बिरामीलाई लेथल इन्जेक्सन दिएर मारेको घटना पनि उनीहरुले उठान गरेका थिए । यद्यपि, बेल्जियममा सन् २००२ पछि इच्छा मृत्यु दिने कानून छ । रातोपाटिबाट