काठमाडौँ १३ माघ । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ५ सय रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।