शम्भु चौधरी लहान १३ कार्तिक । मिथिलाञ्चलको महान पर्वको रुपमा मनाईने छठ पर्व नजिकिए संगै लहानमा केराको मुल्य अकासिएको छ । छठ पर्वमा केराको छुटटै विशेष नभई नहुने समाग्रीको रुपमा लिने गर्दछ ।
पोर भन्दा यस पालि डेर दोब्बरले केराको मुल्य बढेको छ जुन घरी पोर ४ सय देखि ५ सयमा दिन्थ्यो त्यसको यस पालि ८ सय देखि हजार सम्म भन्ने गरेका छन यस पालिको छठ पर्व कसरी मनाउने, केरा छठ पर्वमा चाहिन्छ नै लहान १२ जटियाहीका प्रदिप चौधरीले बताएका छन ।
एक व्यपारी जिवछ साहसंग जिज्ञासा राख्दा यस पालि केरा किन यति महगो भयो भनेर वहाँको जवाफ थियो,यस पालि केरा वर्षाको कारण सबै गलेर गयो कम मात्रामा फलेको छ ठाँउ ठाँउबाट बटुलेर केरा ल्याउनु पर्छ त्यसमा खर्च त बढी हाल्छ नि, त्यसमा पनि ढुवानी खर्च त्यसैले पोर भन्दा यस पालि केराको मुल्यमा बृद्धि भएको तपाईहरुलाई महसुस भईरहेको छ ।
यो केराहरु हामी नेपाल कै पहाडी ईलाकाहरुबाट संकलन गरी ल्याएका छौ । पहाडी ईलाकामा ढुवानी खर्च बढी पर्न जान्छ, भारतबाट ल्याउदा सस्तो पर्छ र त्याहाँबाट ल्याउदा ढुवानी खर्च पनि कम पर्ने भएकोले भारतबाट सस्तो पर्छ व्यपारी साहले बताएको छ ।
केराको विभिन्न जातहरु हुन्छन मालभोग, बनसीबोट,कुरकुटिया,दुधिया, अठिया लगायतका जातहरुमा सब भन्दा बढी महगो बनसीबोटको रहेको व्यपारी साहले बताए ।