शम्भु चौधरी, लहान ६ कार्तिक । ईलाका प्रहरी कार्यालय लहानले सिरहाको लक्ष्मीपुर पतारी वडा नम्बर ६ सितापुर गाउमा ६ वटा घरमा छापा मारी हजारौ लिटरको मात्रामा मदिरा नष्ट गरेका छन ।
प्रहरी नायक उपनिरिक्षक भेसराज रिजालको कमाण्डमा खटीएको प्रहरी टोलीले २ हजार लिटर निर्माण गरीएको मदिरा र ३ हजार लिटर कच्चा पदार्थ तथा मदिरा बनाउने चुलो,भाडो, तथा अन्य मदिरामा प्रयोग हुने सामानहरु प्रहरी छापा मारी नष्ट गरिएको प्रहरी नायक उपनिरिक्षक रिजालले बताएका छन ।