सप्तरी ३० , असोज । सप्तरीमा घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले चोरलाई समानसहित पक्राउ गरेको छ । प्रहरीले चोरी भएको चार दिनपछि गत असोज २५ गते बिहान करिब ३ बजेतिर सदरमुकाम राजविराज ८ मा भएको चोरीमा संलग्न १६ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
किशोरलाई पक्राउ गरेपछि डेरामा लुकाएर राखेका सामान बरामद गर्नुका साथै उनकी ४० वर्षीया आमालाई समेत नियन्त्रणमा लिई लुकाएर राखेका चोरीका अन्य सामान समेत बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका किशोरको नाम गोप्य राखी बुधबार सार्वजनिक गर्दै प्रहरीले कसको घरमा चोरी भएको भन्ने खुलाएको छैन । तर, राजविराज ८ का आठजनाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरेको बताइएको छ ।
चोरी भएको घरमा जडान गरिएको सिसिटिभी फुटेजको सहयोग र अन्य सुक्ष्म अनुसन्धानपछि खोजतलासको क्रममा सप्तरीको महादेवा गाउँपालिका १ घर भई राजविराज ८ की सरस्वती साहको घरमा डेरा लिएर बस्दै आएका किशोरलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
किशोरलाई पक्राउ गरेपछि डेरामा लुकाएर राखेका सामान बरामद गर्नुका साथै उनकी ४० वर्षीया आमालाई समेत नियन्त्रणमा लिई लुकाएर राखेका चोरीका अन्य सामान समेत बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न रहेका किशोरको डेरा र अन्य ठाउँमा लुकाएर राखेका सामानमध्ये सामसुङ् ग्यालेक्सी र लाभा कम्पनीको दुई थान मोबाइल, भेस्ट, टेस्टर, पाइटर, सामसुङ् एडप्टर, मोबाइल चार्जर, हेडफोन र तीनवटा चाभीको झुप्पा बरामद गरी अन्य सामानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।