शम्भु चौधरी लहान ३१ भदौ । थारु जातीको महान पर्वको रुपमा मनाईने जितिया पर्व यस पालि सप्तरीमा पनि जितिया महोत्सव २०७६ को रुपमा मनाउने भएको छ र त्यसको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको मंगलबार सप्तरीको विसनपुरमा पत्रकार सम्मेलन गरी मुल आयोजक समितिले बताएका छन ।
थारु कला संस्कृतिलाई संरक्षण तथा सम्बद्र्धन लगायत अन्य विभिन्न उद्देश्य राखि सप्तरीको खडक नगरपालिका ८ विसनपुरमा आयोजना गरीएको जितिया महोत्सवको एउटा अलग विशेषता रहेको छ ।
प्रदेश २ सरकारको उप सभामुख उपमा देव को प्रमुख अतिथिमा हुन गई रहेको थारु संस्कृति र मुल्य मान्यतामा आधारीत रहेर मिस्टर एण्ड मिस थारु २०७५ का प्रतिस्पर्धीहरु द्धरा नेपाल भरीकै थारु पहिरनहरुको प्रदर्शनी,जितिया व्रत कथा लगाउतका अन्य यस महोत्सवको आकर्षन रहेका प्रचार प्रसार समितिका प्रमुख रुपेश चौधरीले जानकारी दिनु भएको हो ।
८ लाख ७ हजारको अनुमानित बजेट लागने तथा यस महोत्सवलाई सशत्त रुपमा सुरक्षा व्यवस्था सुद्धृढ बनाउन विभिन्न १५ वटा समिति निमार्ण गर्नु साथै १ सय ५० वटा स्वयंमसेवक पनि तयार गरीएको अर्थ समितिका संयोजक सुरेश कुमार चौधरीले जानकारी दिएका छन ।