समाजवादी पार्टीको गैर भौगोलिक प्रदेशको सह – इन्चार्जमा राजेश विद्रोही चयन भएको छ । बुधबार ललितपुरको बालकुमारीमा रहेको समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकबाट यस प्रकारको निर्णय भएको हो ।
अहिलेको संघीय संरचना अन्तर्गत मुलुकमा ७ प्रदेश छन् तर, समाजवादी पार्टीले २०६३ सालमा राज्य पुनर्संरचना आयोगले पेश गरेको प्रतिवेदनकोआधारमा ११ औं प्रदेशको रुपमा गैर भौगोलिक दलित तथा शिल्पी प्रदेश राखिएको छ ।
सोही संरचनाको धारमा ११ औं गैर भौगोलिक प्रदेशको रुपमा दलित तथा शिल्पी प्रदेश बनाईएको छ । जसको इन्चार्जमा समाजवादी पार्टीको सह – महासचिव दानबहादुर विश्वकर्मा रहेकाछन् भने सह- इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य राजेश विद्रोहीलाई चयन गरिएको छ ।