महेश सिंह लहान, २४ साउन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो ।
प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो । सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लहान २ का रामु महतोलाई साफ कट्टर उपलब्ध गराएको छ ।
लहान २ का रामचरित्र महतो आफुले पाएको साफ कट्टर मेशिन लहान २३ का विरेन्द्र महतोलाई एक कार्यक्रम प्रदान गरिएका छन् प्रदेश २ सरकारले सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन (कुट्टी कटा मेशिन) उपलब्ध गराएको छ । युवा नेता रामचरित्र महतोले आफु त्याग गरी विरेन्द्र महतोलाई सो साफ कट्टर उपलब्ध गराएको हो ।
साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उक्त मेशिन उपलब्ध गराएको हो । यसवारे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले ‘यो कार्यक्रम कार्यालय अन्तरगत हो ।’ ‘मन्त्रीले दिने नदिने यसमा कुनै निर्णय गर्ने होइन् ।’ ‘सूचना प्रकाशित भएको थियो ।
’ ‘त्यसताका फर्म भरेका किसानहरुलाई दिएको हुनुपर्छ ’ मन्त्री साहले बताए । जिल्लामा केहि अगाडि सिरहा भेटनरी कार्यालयले एक कार्यक्रम गरी १४ किसानलाई साफ कट्टर मेशिन उपलब्ध गराएको छ ।