सरोज महतो सिरहा २२ साउन । सिरहा नगरपालिका वडा नम्बर ११ मा रहेको मा. वि. भलुवाहीमा पुनः कोमर्श र शिक्षा विषयमा ११ र १२ कक्षा संचालनमा आएको छ । २०६७ सालमा संचलान भई केहि कारण बस कक्षा बन्द भएको र २०७६ साउन महिनाको १९ गते आईतबार देखि कक्षा संचालन भएको विधालयका लेखा दिपेन्द्र कामती बताएका छन ।
सिरह नगरपालिकाका नगर प्रमुख असेश्वर यादव, सिरहा नगरपालिका ११ का वडा अध्यक्ष विनोद कामती, पत्रकार चन्द्रदेव कामती तथा गाउँलेबासीको विषेश पहलमा सो पढाई संचालन भएको हो ।
विधालय कार्य क्षेत्र भित्रका विधार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सुविधा हुने उद्देश्को साथै विधालयको तर्फबाट विधार्थीहरुलाई न्युनतम शुल्क लिने तथा निःशुल्क कपडा र किताब दिने व्यवस्था गरीएको लेखापाल कामती जानकारी दिनु भएको छ ।