काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वाथ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् ।
उनी सिल्क एयरको उडानबाट राति पौने १० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनी स्वाथ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहनेछन् । गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइन बढी देखिएकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लागेका उनको सचिवालयले जनाएको छ ।
धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन् । उनको उपचार सिंगापुरको सरकारी युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।