इन्दु केसी ,कैलाली । साउन १५
गोडेर उगार लाउलो मधेसी जिरालाई
छोड्यामा घरबारै छोड्ला छोड्दैन हिरालाई ,
न तेरा हितकी कली नमास्र्या चामल
बास भयो सहारा घरको सक्कीगो सामल !!
यो गीत कुनै कलाकारले मन्चमा अर्थात एल्बममा गाएको होइन । कैलालीको बौनिया स्थित सहारा घरमा साहारा लिइरहेका ६५ बर्षिय अर्जुन खड्काको हो । खड्काले साहारा घरमा साहारा लिएको पनि धेरै भयो । खड्काको साहारा घरमा आएका अतिथिलाइ स्वागत गर्ने माध्यम नै यहीँ गीत हो । उनी सहारा घरमा पुग्ने जुनसुकै अतिथीलाई पनि सबैभन्दा पहिले यही गीत गायर सुनाउछन् । खड्काले गाउने यही गीत अथिती पाहुनाको लागि स्वागत गीत बनेको छ ।
दिपायल सिलगढी नगरपालिका ११ घर भएका खड्कालाई मानसिक सन्तुलन गुमाएको अवस्थामा अत्तरीयाबाट २ बर्ष पहिले उद्धार गरि साहारा घरमा ल्याइएको थियो । सहारा घरको माया ,ममताले गर्दा बिना उपचार नै अहिले उनि निको भइसकेका छन । उनको गितले पनि साहारा घरको समस्या र सहयोगका लागि अपिल गरिएको देखिन्छ ।
उनि मात्रेै होइनन साहारा घरमा सहारा लिएका धेरै मानसिक रोगिहरु बिना उपचार नै निको भएका छन । उपचार बिना नै निको भएर सहारा घरकै साहारा बनेका छन ३५ बर्षिय महेश कुवर । करिब १ बर्ष पहिले कैलालीको लम्की सडकबाट मानसिक सन्तुलन गुमाएको अवस्थामा कुँवरलाइ उद्धार गरी सहारा घरमा पुर्याइयो ।
बैतडीको पुर्चौडी नगरपालिका ८ का महेश मानसिक सन्तुलन गुमाएपछि सडकमा भौँतारिँदै लम्की पुगेका थिए ।
सहारा घरको माया, ममताले गर्दा महेश सामान्य अवस्थामा नै फर्किसकेका छन । तिनै महेश अहिले मानसिक सन्तुलन गुमाएर सहारा घरमा बस्दै आएकाहरुको साहारा बनेका छन्।
सबैको स्याहारसुसार गर्न पाउँदा खुशि लाग्ने गरेको महेश बताउँछन्। उनले भने,सहारा घरको माया, स्नेहले बिना उपचार म निको भएँ।” “म पनि पहिला यस्तै अवस्थामा गुज्रिएर आएको हुँ।
महेशका गाउँमा घरपरिवार रहेका छन्। उनकी आमा, श्रीमती, एक छोरी र दुई छोरा रहेका छन्। परिवार मिलन गराइ महेश आफ्नो घरपरिवारसँग गए पनि सहारा घरमा सहयोग गरी बस्ने भन्दै पुन फर्किएर आएको सहारा घरका सञ्चालक बलबहादुर बिष्ट बताउछन । उनले भने, “घरपरिवारले महेशको मृत्यु भैसकेको अनुमान गरी खेत(बाख्रा बेची क्रियाकर्म गर्न लागेको समयमा घर पत्ता लगाई परिवार मिलन गराउन पाउँदा आफूलाई निकै खुशी लागेको थियो।
महेशको घरको आर्थिक स्थिति कमजोर रहेकाले अहिले यहाँबाटै घर खर्च पठाइरहेको समेत सञ्चालक बिष्टले जानकारी दिए।
सहारा घरमा बसिरहेकि लम्कीचुहा नगरपालिका १ थकालीपुरकी सुनिता (शान्ति) लाइ पनि मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्दै गर्दा बौनिया प्रहरीले भेटी सहारा घरमा र्पुयाएका थिए । दुई छोरा र दुई छोरी रहेकी उनी करिब १२ बर्ष अघिदेखि मानसिक रोगको सिकार भएकी थिइन्। अहिले उनलाई निको भइसकेको छ।
उनी सहारा घरमा अरूको सेवा गर्दै आइरहेकी छिन्।
टीकापुरको सडक पेटीमा फेला परेका बोल्न नसक्ने तर कान सुन्ने नाम थाहा नभएका मानिस २ वर्षअघि देखि सहारा घरमा बस्दै आएका छन्। उनी पनि मानसिक रोगबाट मुक्त भई सहारा घरमा हुने विभिन्न कामहरूमा सहयोग गर्छन्। उनले नयाँ जीवन सँगै नयाँ नाम समेत पाएका छन्। अहिले उनि ‘टीकापुरे कान्छा’ भनेर चिनिन्छन ।
उनि जस्तै साहारा घरमा उद्धार गरि ल्याइएका ६ जना मानसिक रोगि बोल्न सक्दैनन । उनिहरुले नया जिवन संगै नया नाम पनि पाएका छन । लम्कि बजारको सडकबाट भोकै भौतारिरहेको अवस्थामा हापालाइ उद्धा गरेर सहारा घरमा ल्याइयो । उद्धार गरि ल्याएका हापाा अहिले सहारा घरको मुस्कान नै भएका छन ।
सहारा घरमा उपचार बिना नै धेरै मानसिक सन्तुलन गुमाएर बसेकाहरु निको भइसकेका छन ।
मानसिक सन्तुलन गुमाई साहारा दिइ सामानय अवस्थामा ल्याएपनि उनीहरूलाई घरपरिवारसँग मेलमिलाप गराउन भने समस्या भइरहेको बल बहादुर बिष्टले बताए ।
सहारा विहीनहरूलाइ साहारा दिइरहेको सहारा घरमा भारतीय नागरिकहरू पनि रहेकाले उनिहरुलाइ परिवार मिलन गराउन झनै समस्या भएको उनको भनाइ छ । साहारा घरमा रहेका सबै जसो निको भइसकेकाले उनिहरुको परिवार पत्ता लगााउने प्रयास गरिरहेको बिष्टले बताएका छ ।
२०७० सालमा एक सडकमा बस्दै आएका वृद्धको कीरा परेको घाउको उपचार गरेपछि मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिहरूको स्याहार गर्ने उदेशयले सञ्चालनमा ल्याएको सहारा घरमा हाल ४८ जना साहारा लिइरहेका छन । हाल सम्म ५३ जनालाइ परिवार मिलन गराइ सकिएको छ ।
सुरुमा आफ्नै घरबाट सञ्चालनमा ल्याएको सहारा घरमा सदस्य बढ्दै गएपछि २०७१ सालदेखि बर्दगोरीया मन्दिर नजिकै सारियो । सुरुवातमा कसैको सहयोग नपाएको सहारा घरमा अहिले भने बिभिन्न व्यक्ति, सङ्घसंस्था, स्थानिय तहले सहयोग गरीरहेको सञ्चालक बिष्टले बताए ।
बर्दगोरिया गाउँपालिकाले ५ लाख, लम्कीचुहा नगरपालिकाले ३ लाख, टिकापुर नगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराएको सञ्चालक बिष्टले जानकारी दिए।
त्यस्तै अहिले सुदूरपश्चिम सरकारको भौतिक तथा योजना मन्त्रालय अन्तर्गत रहेर सहारा घरमा खानेपानीका लागि डिप बोरिङ गाड्ने काम भैरहेको सञ्चालक बिष्टले जानकारी दिए। साथै माननीय सांसद विकास कोषबाट नन्द बहादुर साउदले सहारा घर घेरबारका लागि ८ लाख बराबरको एयरपोर्ट जाले र धनगढी उपमहानगरपालिकाले भवन निर्माणका लागि ५ लाख सहयोग गरेको बिष्टले जानकारी दिए।