लहान,साउन २ गते । लहान १२ र २२ मा रहेको सलहेस फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रदेश २ का उद्योग तथा प्रर्यटन मन्त्रालय र भू तथा जलाधार व्यवस्थापन लहान सिरहाको सहयोगमा नमूना हरित सडक निर्माण भएको छ ।
असारे बजेटमा अनियमितता र ब्रम्हलुट भईरहेको विरोघ चारैतिर भईरहेको बेला सलहेश फूलबारी सौन्दर्यकरण उपभोक्ता समितिले राम्रो काम गर्न सफल भएको छ ।
निर्माण भएको नमूना सडकमा सोह्रसय आँपको विरुवा र तीनहजारको संख्यामा सुन्दर फूल्ने फूल र शीतल दिईरहने अशोकको विरुवा रोपेका छन् ।
मन्त्रालयले एक महिनाअघि स्थानीय युवा गोपाल गुप्ता र रामपुकार यादव अध्यक्ष र सचिव रहेका सौन्दर्यकरण उपभोक्ता समितिले थोरै समयमा यति ठोस काम गरेका छन् कि सलहेस फूलबारी जाने जो कोहीले युवाहरु रहेको यस उपभोक्ता समितिले गरेको देखेर धन्यवाद दिने गरेका छन् ।
स्थानीय कारी यादवका अनुसार सलहेस फूलबारी अन्तर्गत एककरोड भन्दा बढीको ट्रष्ट निर्माण, भवन र सडक निर्माणका कामहरु भयो तर हरित सडक निर्माण यति ठोस रुपले सम्पन्न भएको छ कि अविरल वर्षाले पनि कुनै असर परेनन् । प्रदेश २ मा नै यति कम समयमा यति ठोस काम नभएको दाबी लहान २२ का वडाध्यक्ष विन्देश्वर यादवको रहेको छ ।
उपभोक्ता समितिका अध्यक्ष गुप्ताका अनुसार उपभोक्ता समिति गठन भएको बेलादेखि नै उपभोक्ता समितिलगायत स्थानीय यूवाहरुलाई परिचालन गरेर दिनरात खटेर सौन्दर्यकरण गर्न हरित सडक बनाएका छौं । केही प्रतिशत काम बाँकी रहेको उहाँले भन्दै त्यो पनि छिटै सम्पन्न गर्न अहोरत्र काम भईरहेको छ । हरेक राजनीति दलका अगुवाहरु आएर अनुगमन गर्दा लोभलाग्दो काम गरेको भनेर धन्यवाद दिँदा हर्षले गदगद भएको उपभोक्ता समितिका सुचिव रामपुकार यादवको भनाई छ ।
सलहेस फूलबारी बाहिर रहेको खेतखेतको आलीमा राम्रो प्रजातिको मालदह, दसहरी बम्बई लगायतका आँपका विरुवाहरु रोपेर स्थानीय कृषकहरुलाई नै सुरक्षाको जिम्मा र फल लागे जमिन मालिकले नै खाने गरेर आँपको रुप लगाएको हो । सातसय ६० मिटर लामो, नौ मिटर चौडाई र अढाई मिटर उचाई भएको ग्राभेल सडकमा आठवटा स्तरीय कलर्भट जडान भएको छ ।
बैशाख १ गते लाग्ने सलहेस फूलबारीको विशाल मेला भर्न आउनेका लागि रुखको छाहारीमा शितल हुनेछ भने वातावरण शुद्धताको लागि विरुवा लगाइएको छ ।गोरखापत्रबाट