नविन दहाल असार ३० ईटहरी , मोरङको रङगेली नगरपालिका(९ मा रहेको गेउरीया खोला किनारामा बेवारीसे लाश भेटिएको छ ।
आईतवार दिउँसो साढे १ बजे तराई मुलको जस्तो देखिने अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लाश गेउरीया खोला भेटिएको हो ।
बेवारीसे लाश किनारामा भेटिएको भन्ने जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि रङगेली अस्पतालमा राखिएको जनाएको छ ।
मृतकको हाल सम्म पनि पहिचान खुल्न सकेको छैन ।