सिरहाको बरियारपट्टीमा भन्सार छ्लेर नेपाल भित्रीयाउदै गरेको सामान प्रहरीदुवारा बरामद :: Nepal Post Dainikसिरहाको बरियारपट्टीमा भन्सार छ्लेर नेपाल भित्रीयाउदै गरेको सामान प्रहरीदुवारा बरामद | Nepal Post Dainik
सिरहाको बरियारपट्टीमा भन्सार छ्लेर नेपाल भित्रीयाउदै गरेको सामान प्रहरीदुवारा बरामद
नेपाल पोस्ट दैनिक
July 12, 2019
मा प्रकाशित
महेश सिंह महतो ,सिरहा , २७ असार । नोपाल र भारतको सीमाबाट हुने गरेको अबैध तरिकाको कार्यबाट सशस्त्र प्रहरी बलले रकम उठाउनु कुनै नौलो कुरो नभएपनि सीमाबाट व्यापक रुपमा आर्थिक कलेक्सन भईरहेको प्रहरी स्रोतले जनाएको छन ।
श्रोतले जनाए अनुसार शसस्त्र प्रहरी वल गण सिरहाको एसपि सोमवहादुर गुरुग र सिरहा जिल्लामा रहेको ६ ओटै बिओपिको प्र.नि चाडै सरुवा हुने वेला भएको कारण सिरहामा तस्करी फस्टाएका छन । सिरहाको बरियारपट्टीनाकाबाट सशस्त्र प्रहरी वल विओपि र भन्सारको सेटीगमा ब्यपारी संग मोटो रकम लिई समान भित्रीयाउन दिदा पटक पटक नेपाल प्रहरीले समान समातिएका छन् ।
नेपाल प्रहरीले जिल्ला भरीमा एक महीनमा भन्सार छलेको अवैध समान करोडौ समाते पनि सिरहा जिल्लाका शसस्त्र प्रहरी गणका एसपि सोमवहादुर गुरुग बिओपिलाई कुनै कर्वाई नगरेको श्रोतले दाबीगरेका छन । बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर नजिक अवैध भन्सार छलेको समान । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा भन्सार छलि ल्याएको खाधनको सर सम्मान , तेल, पापड,दुध गरी जम्मा अन्दाजी मुल्य रू.१४ हजार चोहत्तर रूपैया बरावरको सामान नियन्त्रण लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको हो ।
सिरहाका बिष्णुपुर गाँउपालिका वडा नं. १ स्थित चौहर्वा सडक खण्डमा ई.प्र.का विष्णुपुरबाट खटिएको चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा अवैध समान बरामद गरेका छन । सिरहा बाट चौहर्वा तर्फ आउदै गरेको ज.१ ह. ५२२५ नम्बरको सिटी रिक्सामा नागाजि खानेतेल ६ टिन, जिरा ३० के.जि., गुलाब जामुन १ कार्टुन, नागाजि खानेतेल २ कार्टुन, सागर दुध ३० प्याकेट ५०० ग्राम गरी जम्मा अन्दाजी मुल्य रू.२९ हजार१ सय बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाएको ।
सिरहाको कमला नदी,सुपचेना,लगदी गोठ,सनहैठा,कमलपुर,औरही, गागन खोला,दरहैया,हरकट्टी,बरियारपट्टी,गरगम्मा,कचनारी,नर्गी,झाझपट्टी,ठाडी जस्ता सानो नकावाट नेपाल प्रहरीले पटक पटक करोडौ भन्सार छलेको अवैध समान समातेपनि सशस्त्र प्रहरी वल मुख दर्शक बनेको भुझिन्छ ।