सिरहा, २१ असार। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीकामा एकै परिवारमा २ बालिकाको पोखरीमा डुबेर मृत्यु भएका छन ।
शुक्रवार लक्ष्मीपुरपतारी गाउँपालिका वडा नम्बर ४ धनछवार बस्ने नथु कुमार यादवका ६ वर्षीय छोरी लक्ष्मी कुमारी यादव र ४ वर्षीय आशुका कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
पोखरी लक्ष्मीपुरपतारी गाउँपालीका बस्ने कपिल देव यादव, राज कुमार यादव र विशनुदेव यादवको साझा पोखरी रहेको छ ।
पोखरीमा डुबेर मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा दिन प्रतिदिन वृद्धि हुँदै गएको देखिन्छ ।