शम्भु चौधरी लहान १३ अषाढ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर २ भवानीपुरमा एक दिने आखाँ शिविर विहिबार सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आखाँ अस्पताल लहान सिरहा, भवानी एकिकृत विकास केन्द्र भवानीपुर र धनगढीमाई नगरपालिका वडा २ को कार्यालय सिरहाको संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा जम्मा १ सय ८४ जना आखाँका रोगीले आखाँ जाँच गराएका थिए जस मध्ये ४७ जनामा मोतिया बिन्दु फेला परेका छन ।
मोतिया बिन्दुका बिरामीहरुाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजक कपलेशवर साहले जानकारी दिएका छन ।