आरोहण साह, बारा १३ आषाढ ः शिक्षकको अभावले गर्दा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एउटै कक्षामा एउटै शिक्षक धाउदै । बारा जिल्लाको कलैय उपमहानगर पालिका वडा नम्बर १८ भरवलीयमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थी छ तर शिक्षक छैन ।
यस विद्यालयमा शिशु कक्षादेखि पाँचकक्षासम्म ३ सय जनाको हाराहारीमा गरिब , दलित लगाऐतका विद्यार्थीहरु पढन आउछन ।
यो विद्यालयमा एक जना शिक्षकले मात्रै विद्यालयमा अध्यनरत विद्यालयहरुलाई पठन–पाठन गराउदै आएका छन्।
उपमहानगरकै विद्यालयमा वर्षौदेखि शिक्षकको दरबन्दी नुहँदा विद्यालयको प्रगति भन्दा दुर्ग्तिको स्थितिमा हुने अवस्था आइसकेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयसँग र हाल गाउँपालिकासँग पटकपटक शिक्षक दरबन्दी थपका लागि आग्रह गर्दा पनि आश्वासन मात्र पाएको विद्यालयका प्रधानाध्याप्क काशी साहले बताऐ ।
धेरै विद्यार्थी त्यसैको अनुपातमा एउटा शिक्षक हुँदा पनि उपलब्धि नै चिन्ताजनक हुनु भनेको शिक्षामा सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ । एउटा शिक्षकले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाइ पढाउदा कति को प्रभावकारी होला त । त्यसै अनुसार विद्यालयले सिकाई उपलब्धिमा शून्य प्रतिशत रहेको छ ।
सामुदायिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाले सामान्य लेखपढ गर्नै समेत नसक्ने अवस्था छ । कक्षा ५ मा अध्ययन गर्ने किरण कुमारीले भने हामीहरूको भविष्य के होला र चिन्ताको विषय रहेको छ तर विलाद्ययमा शिक्षक नभएपछि कसरी विषय पास गर्ने चिन्ताले सधैं सताउन थालेको छ ।
२०७४ सालमा स्थानीयत तहको चुनाव सम्पन्न भएसँगै स्थानीय तहको मातहतमा शिक्षा शाखा आएपछि केही सुधार हुने अपेक्षा भए पनि हालसम्म पनि समस्या जस्ताको तेस्तै रहेको छ । कलैय उपमहानगरपालिकाको शिक्षा शाखामा पनि बारम्बार मौखिक तथा लिखित रुपमा विद्यालयमा शिक्षकहरुको कमी भएकाले विद्यालयमा शिक्षक पठाई दिन माग पटक गर्दासमेत कुनै सुनुवाइ भऐन ।
गरिब , दलित परिवारको भऐकोले निजि स्कूलमा पढाउन पनि सक्दैन तर यस तर्फ कसैको ध्यान नजादा अभिभावकहरु चिन्तित बनेका छन्
सामुदायिक विद्यालयको व्यवस्थापन तथा शैक्षिक सुधारका सबै जिम्मेवारी जनप्रतिनिधिको काँधमा आए पनि कुन काम कहाँबाट र कसरी शुरु गर्ने भन्ने अन्योल रहेको छ ।
यस अन्योलबाट पार पाउन स्थानीय तहले सबैभन्दा पहिले आफ्नो क्षेत्रभित्रका विद्यालयको शिक्षका दरबन्दी मिलान गरि विद्यालयलाई सुबिधा समपन बनाऐ गरिब ,दलित बालबालीका शिक्षबाट बचित हुने थियेन ।