सिरहा, १० असार । सिरहाको कल्याणपुर नगरपालिका मा जनप्रतिनिधि र कार्यालय प्रमुखहरुले ब्रहमलुट मचाएको भन्दै युवाहरू एक्सनमा उत्रिएका छन ।
कल्याणपुर न.पा. का नगर प्रमुख लगायत कार्यालय प्रमुखहरु भ्रष्ट रहेको र भ्रष्टाचार का सम्पुर्ण सिमा पार गरिसकेको भन्दै पत्रकार सम्मेलन मार्फत युवाहरु विरोध समेत गरे।
नगरपालिका को नीति कार्यक्रम संचालनका लागि कानुनी र लोकतान्त्रिक विधिलाई किनारा लगाइ मनोमानी र गैरकानुनी ढंगले संचालन गर्दै चौतर्फी भ्रष्टाचार र ब्रहमलुट गरिरहेको भन्दै नेकपा पार्टीका नेता तथा कार्यकर्ता हरुको अगुवाइमा विभिन्न पार्टिमा आवद्ध युवाहरू एक्सनमा उत्रिएका छन ।
जनताबाट उठेको आवाजलाई लोकतान्त्रिक र कानुनी राज्यको अवधारणा अनुसार लागू गर्न विभिन्न विषय वस्तु सहित कल्याणपुर न.पा. लाई ७ दिने अल्टिमेटम दिएपनी हाल सम्म मागेका विषय वस्तु र त्यसको पक्षमा नगर प्रमुख र कार्यालय प्रमुखहरुले वेवास्ता गर्नुको साथै फोन तथा संबादको बाटो समेत बन्द गरेकोले बाध्य भइ आफुहरु आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको प्रेस विज्ञप्ति मा उल्लेख गरिएको छ ।
कल्याणपुर न. पा. कार्यालयको लागि आवश्यक प्राविधिक सामाग्रीहरु लगायत विभिन्न कार्यमा नकली बिल भर्पाइ बनाइ आर्थिक हिनामिना गरेको आक्रोश व्यक्त गर्दै युवाहरु आन्दोलनका कार्यक्रम हरु सार्वजनिक गरेको हो ।
सवारी साधनमा जनप्रतिनिधि बाट व्यापक दुरुपयोग भएको साथै मापदण्ड बिपरित विभिन्न विकास निर्माण का कार्यहरू गरेको र यस विषयमा जानकारी लिन आफुहरु पटक पटक सुचना मागेपनी सुचना पाउने अधिकार बाट बंचित गरेको एक युवा नेता ले आरोप लगाए।
जनताको हितमा काम गर्नुको साटो जनताको हित विपरीत मनमौजी गरिरहेको र आन्तरिक स्रोत साधनको दोहन गर्नुका साथै सरकारको नीति निर्देशन विपरीत आफुखुशी उपभोक्ता समिती गठन गरेको नेकपाका कल्याणपुर नगर कमिटी रामपुकार साहले आक्रोश पोखे ।
आन्दोलनका कार्यक्रम अन्तर्गत असार १० गते नगरपालिका मा कालो झण्डा गाडने ,असार १२ गते दिनको १० बजे देखि १२ बजे सम्म कल्याणपुर न.पा.घेराउ गर्ने र असार १३ गते देखि अनिश्चित कालिन तालाबन्दी गर्नुका साथै आवश्यकता अनुसार नेकपा र राजपा नेपाल कल्याणपुर को संयुक्त बैठक द्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।